चौबिस घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २६ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई ११ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ६७१ जनाको पीसीआर र ५४५ जनाको एन्टीजेन गरी १ हजार २१६ जनाको नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर ३९६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौँ उपत्यकामा १३ जना संस्थागत आईसोलेसनमा, ७ जना आइ। सी। युमा र ४ जना भेन्टीलेटरमा उपचाररत रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




