सरकारको साझा न्युनतम कार्यक्रम सार्वजनिक, यस्ता छन् स्वास्थ्यका विषय (पूर्ण पाठ सहित)
काठमाडौँ, २३ जेठ । नयाँ गठवन्धन सरकारले आफ्नो नीतिगत प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित विशेष समारोहमा सरकारका प्रवक्ता रेखा शर्माले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन्।
यसपटकको साझा न्यूनतम कार्यक्रममा पनि अघिल्ला बर्षहरु देखि नै भनिदै आएको प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख छ।
यस्तै स्वास्थ्यमा जनताको सरल र सहज पहुँच स्थापित गर्न स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालहरूलाई विस्तार गरी स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुऱ्याउने, सबै प्रदेशहरूमा विशिष्टिकृत अस्पताल स्थापना गर्ने, स्वास्थ्य वीमाको व्यवस्थालाई प्रभावकारी बनाउने भनिएको छ ।
यस्तै उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दम, मिर्गौला, कलेजो र महिलाहरूको पाठेघरसम्बन्धी रोगको उपचारका लागि सरकारले दिई राखेको सहयोगको दायरा विस्तार गर्ने साझा न्यूनतम कार्यक्रममा उल्लेख छ।
आज सार्वजनिक भएको कुल १३ पृष्ठ लामो कार्यक्रमको सूचीमा स्वास्थ्यका विषयमा अपेक्षाकृत न्युन देखिएको छ ।
सम्पर्क इमेल : [email protected]