त्रिवि शिक्षण अस्पतालमा पाँच दिनको उपचार पछि राष्ट्रपति पौडेल डिस्चार्ज

104
Shares

काठमाडौं, २२ चैत । गत पाँच दिन देखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज भएका छन् ।

छाती पेट र दायाँ कोखा दुख्ने समस्या भएपछि पौडेललाई गत १८ चैतको साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारमा सम्लग्न टोलीका एक जना सदस्य डा. नीरज बमले स्वास्थ्यमा सुधार भएपछि राष्ट्रपति पौडेललाई आज दिउसो १ बजे तिर डिस्चार्ज गरिएको बताए । यद्धपी पौडेलले केही दिन अझै एन्टीवायोटिक खानु पर्नेछ ।

भर्ना हुनु अघिल्लो दिन राष्ट्रपति पौडेलको भिडियो एक्सरे, रगत दिसा पिसाव जाँच गरिएको थियो । सो क्रममा हलुका संक्रमण समेत देखा परेको थियो । सो रिपोर्ट आउनासाथ चिकित्सकहरुले राष्ट्रपति पौडेललाई भर्ना गरेरै उपचार गर्ने निधो गरेका थिए ।

‘हलुका संक्रमण जस्तो देखियो । जोखिम लिन चाहेनौँ त्यसैले भर्ना गरेर उपचार गरेका हौँ । अहिले उहाँलाई निकै सुधार भएको छ । यद्धपी केही औषधिहरु अझ केही दिन निरन्तरता दिनुपर्छ,’ डा. बमले भने ।

यस्तै अस्पतालले पनि विज्ञप्ती मार्फत राष्ट्रपति पौडेल पाँच दिनको उपचार पछि स्वास्थ्यलाभ डिस्चार्ज भएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *