उप निर्वाचन : १० बैशाख
पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गरे बारा –२ मा उम्मेदवारी दर्ता

काठमाडौँ, २० चैत । पूर्व स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी बैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। सो क्षेत्रमा एमालेका तर्फबाट पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेलले उम्मेदवारी दिँदैछन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सो क्षेत्रबाट हालका उपराष्ट्रपति राम सहाय यादव जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

