विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा आज, ४२२ जना चिकित्सक सहभागी हुँदै

काठमाडौँ, १७ चैत । पोष्ट ग्राजुएट्स तह (पीजी) उत्तीर्ण गरेका चिकित्सकहरुको लाइसेन्स परीक्षा (विशेष परीक्षा) आज हुँदैछ । विशेषज्ञ चिकित्सकको मान्यता दिने गरी नेपाल मेडिकल काउन्सिलले लिने सो परीक्षामा सहभागि हुनका लागि आज विभिन्न ४३ विषयका ४२२ जना पीजी उत्तीर्ण चिकित्सकहरुले फारम भरेका छन् ।
काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षा विहान १० देखि १२ बजेसम्म र दिउसो ३ देखि ५ बजेसम्म गरी दुई चरण गरी आजै सम्पन्न हुनेछ ।
विहानी चरणको परीक्षामा कम्युनिटी मेडिसिन, जनरल सर्जरी, इन्टरनल मेडिसिन, अर्थोपेडिक्स लगायतका सातवटा विषय समेटिएका छन् । यस्तै दिउसो हुने परीक्षामा एनेस्थेसियोलोजी, ड्रमाटोलोजी, फरेन्सिक मेडिसिन लगायतका विभिन्न ३६ विषयका परीक्षा हुनेछन् ।
डा अधिकारीले परीक्षा यसपटक पनि पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानको पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना प्रविधि केन्द्रमा हुनेछ ।
काउन्सिलले पछिल्लो समय सबै परीक्षा त्यहि केन्द्रमा गर्ने गरेको छ । यस्तै सबै परीक्षा कम्युटर विधिको प्रयोग गर्ने गरिएको छ ।
काउन्सिलले हरेक वर्ष तीन पटक ग्राजुएट्स (युजी) र तीन पटक पोष्ट ग्राजुएट्स (पीजी) तहको लाइसेन्स परीक्षा सञ्चालन लिने गरेको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

