पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १६ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई १७ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ३ सय जनाको पीसीआर र ६ सय १५ जनाको एन्टीजेन गरी ९ सय १५ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर १ सय २३ जना सक्रिय संक्रमित रहेका छन् । आज थप ४१ हजार ४ सय ९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

