‘बुस्टर डोज’ का लागि थप ३ लाख ४५ हजार फाइजर खोप नेपाल आइपुग्यो

100
Shares

काठमाडौँ, ११ फागुन । कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि  थप ३ लाख ४५ हजार फाइजर खोप नेपाल आइपुगेको छ ।

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ गाभीले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको १५ लाख डोजमध्ये सो खोप बिहीबार बिहान कतार एयरमार्फत काठमाडौँ ल्याइएको हो ।

यही फागुन १ देखि ८ गतेसम्म तीन चरणमा सोही खोप ल्याइएको थियो। आज समेत गरी साढे १३ लाखभन्दा बढी डोज सो खोप काठमाडौँ आइपुगेको छ। फागुन १५ गते बाँकी खोप ल्याइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । थप १५ लाख डोज खोप आउँदो मार्चमा आउने भएको छ ।

यसअघि ल्याइएको खोप गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पठाइएको छ ।

१२ वर्षमाथिका दुई डोज खोप पूरा गरेका नागरिकलाई ‘बुस्टर’का रूपमा दिन लागिएको सो खोप ‘वाइभ्यालेन्ट’ले ओमिक्रोन र यसका सब भेरियन्टहरूविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *