स्वास्थ्य सेवालाई सबै जनताको पहुँचमा पुर्याउछौँ : स्वास्थ्यमन्त्री गिरी

काठमाडौँ, १६ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य सेवालाई सबै जनताको पहुँचमा पुर्याउने बताएका छन् ।

कोभिड–१९ खोप, नियमित खोप तथा दादुरा–रुबेला प्रकोपको तयारी र प्रतिक्रियाका लागि परिवार कल्याण महाशाखाले आयोजना गरेको  राष्ट्रिय समीक्षा कार्यक्रममा बोल्दै  उनले सो कुरा बताएका हुन् ।

उनले स्वास्थ्य क्षेत्रभित्र धेरै समस्या रहेको र गरिब विपन्न जनताले अझै पनि गुणस्तरीय सेवा पाउन नसकेको बताए ।

उनले एउटा मानिस बिरामी हुँदा महँगो शुल्क तिरेर उपचार गर्नु पर्ने बाध्यता रहेकोले स्वास्थ्य सेवालाई सबै जनताको पहुँचमा  पुर्‍याउनका लागि जनशक्ति र पूर्वाधार थपिने बताए ।

उनले खोप आम जनता र समुदायमा स्तरमा पुर्याउन स्वास्थ्यकर्मी र जनप्रतिनिधि साथीहरुलाई ठूलो रुपमा परिचालन गर्न ठोस योजना बनाउनुपर्नेमा जोड दिदै प्रत्येक घर र व्यक्तिसम्म यो अभियानलाई लैजानु पर्ने बताए ।

उनले नेपालमा हरेक बच्चा जन्मेको सूचना स्वास्थ्य प्रणालीमा हुनुपर्ने र हरेक बच्चाको अभिलेख डिजिटल प्रणालीभित्र राख्नुपर्ने बताए । डिजिटल रेकर्ड राखेमा खोप लगाउन नआएका बालबालिकाबारे जानकारी लिन सजिलो हुने उनको भनाइ थियो ।

मन्त्री गिरीले  खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधि, युवा समूह तथा संघ–संस्थाहरुको महत्वपूर्ण भूमिका रहने भन्दै खोप अभियानमा शतप्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने  बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *