डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु
काठमाडौँ, १५ मंसिर । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ६२ जना संक्रमितको मृत्यु भएको हो ।
त्यसैगरी ५३ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरिएको छ ।
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]