डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौँ, १५ मंसिर । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा  डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ६२ जना संक्रमितको मृत्यु भएको हो ।

त्यसैगरी ५३ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरिएको छ ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *