चौबिस घण्टामा थप ९ जनामा कोरोना संक्रमण, २३ जना संक्रमणमुुक्त

52
Shares

काठमाडौँ, २८ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ४२५ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ४९९ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *