हिमानीको टन्सिलको शल्यक्रिया सफल

1.2k
Shares

काठमाडौँ, २५ कात्तिक ।  पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको शल्यक्रिया गरिएको छ । शाहको बिहीबार विहान भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा टन्सिलको शल्यक्रिया गरिएको हो । उनको शल्यक्रिया सफल भएको अस्पताल स्रोतले जनाएको छ ।

हिमानीलाई केही दिन यता घाँटीमा समस्या देखिएको थियो । उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको सोकिय सचिव सागर तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाले हाल हिमानीलँई मेडिसिटीको भीआईपी कक्षमा राखिएको र स्वास्थ्यमा सुधार आएको बताए ।

मेडिसिटीमा हिमानीको उपचार चलिरहँदा पूर्व युवराज पारश समेत मेडिसिटी पुगेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *