हिमानीको टन्सिलको शल्यक्रिया सफल

काठमाडौँ, २५ कात्तिक । पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको शल्यक्रिया गरिएको छ । शाहको बिहीबार विहान भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा टन्सिलको शल्यक्रिया गरिएको हो । उनको शल्यक्रिया सफल भएको अस्पताल स्रोतले जनाएको छ ।
हिमानीलाई केही दिन यता घाँटीमा समस्या देखिएको थियो । उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको सोकिय सचिव सागर तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाले हाल हिमानीलँई मेडिसिटीको भीआईपी कक्षमा राखिएको र स्वास्थ्यमा सुधार आएको बताए ।
मेडिसिटीमा हिमानीको उपचार चलिरहँदा पूर्व युवराज पारश समेत मेडिसिटी पुगेका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

