आयोगद्धारा पीजी तहको एकीकृत प्रवेश परीक्षा स्थगित, आवेदन गर्ने म्याद थपियो
काठमाडौं, १५ कात्तिक । चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षाका पूर्व निर्धारित मितिमा नहुने भएको छ । आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको जनाएको छ । बरु उसले अनलाइन आवेदन फारम भर्ने म्याद थप भएको जानकारी दिएको छ ।
आयोगले यसअघि चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि १६ कात्तिक सम्म अनलाइन फारम भर्ने म्याद तोकेको थियो । तर सोमबार अर्को सूचना जारी गर्दै फारम भर्ने म्याद आगामी ९ मंसिर अपरान्ह ४ बजेसम्मका लागि थप गरिएको बताएको छ ।
उसले अहिले स्थगन भएको परीक्षा तालिका मंसिरको दोस्रो साता प्रकाशन गरिने जनाएको छ ।
गत १४ असोजमा प्रकाशित सूचनामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा आगामी १०, ११ र १२ गतेका लागि तोकिएको थियो ।
सम्पर्क इमेल : [email protected]