‘बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन छुट्यो कि ? स्वास्थ्य संस्थामा लगेर खुवाउनु है ?’

काठमाडौँ, ५ कात्तिक । तपाईँको बालबालिका गत २ र ३ कात्तिकमा चलेको भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानमा सहभागी भयो ? सहभागी भएको भए ठिकै छ तर यदि कारणवस छुटेको भए पनि अब नआत्तिनुहोस ।

सरकारले त्यस दिन छुटेको बालबालिकालाई अब स्थानीय स्वास्थ्य संस्थामा लगेर ती औषधि खुवाउन सकिने बताएको छ । तर छुटेका बालबालिकाहरुले यो अवसर दुई साता भित्रै सदुपयोग गर्नु पर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले शनिबार जारी गरेको विज्ञप्तीमा गत कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गरिएको छ ।

“छ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ए क्याप्लुस र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका जुकाको औषधि खान छुटेका छन् भने उनीहरुलाई दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिन्छ”, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *