डा केसीसंग भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय
काठमाडौँ, २८ असोज । सरकारले डा गोविन्द केसीसंग गत ८ असोजमा गरेको सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डा केसीसंग गरेको सहमति अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए ।
डा केसीले गत २७ भदौमा ६ बुँदे मागका साथ धनगढीमा २० औँ अनसन सुरु गरेका थिए । अनसन बसेको १३ औँ दिनका दिन ८ असोजमा सरकारले डा केसीसंग १० बुँदे सहमति गरेको थियो ।
यस्तै बैठकले औषधिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु
सम्पर्क इमेल : [email protected]