डेंगी लागेको भन्दै घर विदामा बसेकी डाक्टर मृत अवस्थामा फेला
काठमाडौँ, २६ असोज । मीनभवनस्थित सिभिल सर्भिस हस्पिटलमा कार्यरत एक जना डाक्टर ललितपुरको इमाडोलमा मृत भेटिएकी छन् । जनकपुरर घर भएकी डाक्टर सुस्मिता पाठक इमाडोलस्थित डेरामा मृत अवस्थामा फेला परेकी हुन् ।
ललिपुर प्रहरीका प्रवक्ता एसपी सुधिरराज शाहीले पाठक इमाडोलस्थित डेरामा मृत अवस्थामा फेला परेको जानकारी दिए । उनी इमाडोलमा आमासँगै बस्दै आएपनि पछिल्लो केही समय देखि भने एक्लै थिईन ।
सिभिलमा उनी घण्टाको आधार तलव लिने (सेसन बेस) जागिरे थिईन् ।
दशैं अघि डेंगी संक्रमणमा परेको भन्दै हस्पिटल नगई विदामा बसेकी थिईन् । उनका सहकर्मीहरुले केही वर्ष पहिले डिप्रेसनमा परेर औषधि खाने गरेको समेत बताए ।
प्रहरीले कोठाको अवस्था र मोवाइल रेकर्डको आधामा ओभर डोज लठ्याउने औषधि प्रयोग गरी उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरेको छ ।
शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
नोट: यदि तपाईँ मानसिक तनावबाट गुज्रिरहनुभएको छ वा त्यस्तो तनाव भोगिरहेका मानिसहरूलाई चिन्नुहुन्छ भने कृपया यी हेल्पलाइनहरूमा सम्पर्क गर्नुहोस्।चौबिसै घण्टा चल्ने र पैसा नलाग्ने सरकारी हेल्प लाइन नम्बर ११६६, शिक्षण अस्पताल काठमाण्डूको हेल्प लाइन नम्बर १६६००१२१६००
सम्पर्क इमेल : [email protected]