२५ वर्षीया कविताले जन्माईन ‘तिम्ल्याहा’ दिदीभाईहरु

वीरगञ्ज, २५ असोज । पर्साकी एकजना महिलाले तिम्ल्याहा बच्चा जन्माएकी छन् ।  वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा सोमबार दिउसो १ बजे पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ९ हरियरपुरकी २५ बर्षीया कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

अस्पतालका मेडिकल डाइरेक्टर प्राडा प्रमोदकुमार सर्राफका अनुसार कविताले एक छोरी र दुई छोरा गरी तीन जना बच्चा जन्माएकी हुन् ।

डा सर्राफले कविताले पहिलो पटक सुत्केरी हुँदा नै तीन जना सन्तान जन्माएको बताए ।

‘हिजो शल्यक्रिया गर्दा चिकित्सकको हातमा पहिलो बच्चा छोरी आयो, त्यसपछि छोराहरु छ । गर्भमा तिम्ल्याहा शिशु भएकोले जन्मदा तौलमा केही कमी छ । यद्धपी दुई चार दिनमा त्यो मेन्टेन हुन्छ,’ डा सर्राफले भने ।

डा सर्राफका अनुसार छोरीको तौल १.४ केजी र छोराहरुको तौल क्रमश १.८ र १.५ केजी रहेको छ ।

उनले आमा र जन्मेका बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले उनीहरुलाई आमासहित चिकित्सकको निगरानीमा राखिएको जानकारी दिए ।

कविताको अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रियंका चौधरीले शल्यक्रिया गरेकी थिइन भने बच्चाहरुको उपचार डा. विकाश शाह र डा. भुनेश कुमार बादलले गरिरहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *