डेंगी संक्रमणबाट एक जना स्वास्थ्य अधिकृतको निधन

1.2k
Shares


काठमाडौँ, २४ असोज । डेंगी संक्रमणमा परी उपचार गराईरहेका एक जना स्वास्थ्यकर्मीको निधन भएको छ । स्वास्थ्य कार्यालय झापामा कार्यरत ५५ बर्षका शशीकुमार भट्टराईको आज विहान ८ ३० बजे ह्याम्स अस्पतालमा निधन भएको हो । उनी स्वास्थ्य कार्यालय झापामा परिवार योजना अधिकृतको रुपमा कार्यरत थिए ।

भट्टराई एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज थिए ।

महासंघका उपमहासचिव हिमालय तिवारीले भट्टराईलाई मुटुरोगको पुरानो समस्या समेत भएको बताए ।

‘मुटुको समेत समस्या थियो । त्यसमाथि डेंगीले भेट्यो र उपचार गर्नु पर्ने अवस्थामा पुग्नु भयो । पछिल्लो तीन दिन देखि आईसीयूमा राखेर उपचार हुँदे आएको थियो,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *