राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

304
Shares

काठमाडौं, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टी भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपतिको आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाई आरटीपीसीआर विधिबाट परीक्षण गर्दा कोभिड- १९ संक्रमण पुष्टि भएको हो ।

खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महशुस भएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।

अस्पताल स्रोतका अनुसार हाल राष्ट्रपति भण्डारीको स्वास्थ्य स्थिति सामान्य र सुधारउन्मुख रहेको छ ।

राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालको एनेक्स २ को डिलक्स क्याविन नं ६०१ मा राखेर उपचार गरिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *