स्वास्थ्य पत्रकार प्रवीण ढकाललाई रोटरी जोर्नो अवार्ड

124
Shares

काठमाडौँ, ६ असोज । स्वास्थ्य पत्रकार प्रवीण ढकाल ‘रोटरी जोर्नो अवार्ड’ (२०२०/०२१) बाट सम्मानित भएका छन्। स्वास्थ्यखबर पत्रिकाका सम्पादक समेत रहेका ढकाललाई बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले  स्वास्थ्य तर्फको विधामा अवार्ड प्रदान गरेको हो। पत्रकारितामार्फत समाजलाई योगदान पुर्‍याएको भन्दै उक्त अवार्ड प्रदान गरिएको रोटरीले जनाएको छ।

ढकालले सम्मान पत्रसहित २५ हजार राशीको पुरस्कार पाएका छन्। रोटरीले स्वास्थ्य, आर्थिक, शिक्षा, वातावरण महिला विधामा कलम चलाउने पत्रकारलाई उक्त राशीसहितको सम्मान पत्र प्रदान गरेको हो। आर्थिक तर्फ शरदचन्द्र भण्डारी, वातावरण तर्फ मिथिलेस यादव, शिक्षा तर्फ शेषकान्त पण्डित र महिला तर्फ दुर्गा देवकोटाले अवार्ड पाएका छन्।

रोटरीले सात प्रदेशमा एक एक  जना पत्रकारलाई २० हजार राशीको पुरस्कार पनि प्रदान गरेको छ। प्रदेश १ बाट अर्जुन कुमार आचार्य, मधेश प्रदेशबाट नेहा झा, बागमती प्रदेशबाट नवराज छत्कुली, गण्डकी प्रदेशबाट कोपिला कँडेल, लुम्बिनी प्रदेशबाट डिलाराम भुसाल, कर्णाली प्रदेशबाट सरिता चलाउने र सुदूरपश्चिम प्रदेशबाट हरिष विक सम्मानित भएका छन्।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *