डा मेघनाथ धिमाललाई ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार

काठमाडौँ, १ असोज । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान शाखा प्रमुख डा मेघनाथ धिमाल ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत भएका छन्।
१० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै डा धिमाललाई पुरस्कृत गरेको हो। मन्त्रालयले डा धिमाल सहित १२ जनालाई पुरस्कृत गरेको छ।
विज्ञान दिवसको अवसर पारेर बिपी प्लानेटोरियम एण्ड अब्जर्भेटरीमा आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुरस्कार प्रदान गरे।
यही पुरस्कारबाट वीर अस्पतालका न्युरो सर्जन डा राजिब झा पनि पुरस्कृत भएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




