डा. गोविन्द केसीको अनसन धनगढीमा सुरु

172
Shares

काठमाडौँ, २७ भदौ । निर्धारित समयमा आफ्ना माग पुरा नगरेको भन्दै डा गोविन्द केसीले २० औँ अनसन सुरु गरेका छन्। उनले यसपटक आफ्नो अनसन धनगढीमा सुरु गरेका हुन् । अनसनका लागि उनी आजै काठमाडौँ देखि धनगढी पुगेका थिए ।

डा केसीले चिकित्सा शिक्षाका विषयमा ७ बुँदे माग अघि सारेका थिए । सो पुरा गर्नका लागि सरकारलाई २७ भदौ (आज) सम्मको समय सिमा तोकेका थिए । सो पुरा नभएपछि उनी आजै विहान श्री एयरलायन्सको जहाज चडेर धनगढी पुगेका हुन् । उनले त्यहाँ एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा अनसन सुरु गरेका छन् ।

माग पूरा गर्न सरकारलाई पहिले निर्धारित गरेको समयमा थप दुई साता दिएको तर पुरा नभएको भन्दै आफू धनगढी आएको बताएका थिए । म यसपटक धनगढी आएँ ‘प्रधानमन्त्रीकै गृह क्षेत्रमा अनशन बसेपछि माग सम्बोधन हुन्छ कि,’ उनले भने।

अनशनको दौरानमा डा. केसीले सादा पानी मात्रै पिउने बताएका छन् भने उक्त स्थलमा सिसिटिभी जडान आग्रह गरेका छन्।

यसैबीच अनसन सुरु गरेका डा केसीको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी खटाएको छ ।

डाक्टर केसीले अनसन सुरु गरेको श्रीकृष्ण मन्दिर धर्म सत्संग समितिको धर्मशाला भवनमा प्रहरी सहायक निरीक्षक उत्तरसिंह साउदको कमाण्डमा तीन जनाको प्रहरी टोली सुरक्षाका लागि परिचालन गरेको हो।

प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले डा केसीको सुरक्षार्थ प्रहरी चौविसै घण्टा खटिने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *