नेपाल नर्सिङ पेशाकर्मी संघ (नुपान) को दोस्रो राष्ट्रिय सम्मेलन आगामी २५ भदौमा हुने

172
Shares

काठमाडौँ, ६ भदौ । नेकपा एमाले निकट नर्सहरुको संगठन नेपाल नर्सिङ पेशाकर्मी संघ (नुपान) को दोस्रो राष्ट्रिय सम्मेलन आगामी २५ भदौमा काठमाडाँैमा हुने भएको छ ।

शनिबार सम्पन्न नुपानको विस्तारित बैठकले आगामी २५ भदौका दिन काठमाडौँमा दोस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले सम्मलेनका लागि नुपानकी अध्यक्ष माया गोलेको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति समेत गठन गरेको छ । सो सम्मेलनले संगठनको विभिन्न प्रतिवेदनहरु पास गर्ने तथा विधान संसोधनसंगै नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

शनिबारको बिस्तारित बैठकमा एमाले सचिव एवं पार्टीका स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका महासचिव डा. सन्तोष पौडेल, उपमहासचिव अमृता बराल लगायतको सहभागितामा थियो ।

नुपानले आफूसंग करीब १५ हजार नर्सको आवद्धता रहेको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *