औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको अनुगमन गर्न पुगे स्वास्थ्य मन्त्री खापुङ
काठमाडौँ, ३१ साउन । स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले मंगलबार औषधि व्यवस्था विभागको निरीक्षण गरेका छन् । सोही क्रममा उनले विभाग परिसरमै रहेको राष्ट्रिय औषधि प्रयोगशालाको समेत निरीक्षण गरेका छन् ।
निरीक्षण गर्न मन्त्री खापुङसंगै स्वास्थ्य सचिव देवकुमारी गुरागाईँ पनि पुगेकी थिईन् ।
विभागका महानिर्देशक भरत भट्टराईले मन्त्री, सचिव र मन्त्रालयबाट गएको टोलीलाई विभागको काम कारवाही बारे बताउँदै स्थलगत अवलोकन गराएका थिए ।
विभागले सिमित स्रोत साधनका बीच काम गरिरहेको जानकारी गराउँदै समस्याहरु समेत प्रस्तुत गरेका थिए । उनले मूल्य समायोजन, भौतिक पूर्वाधार र जनशक्ति अभाव जस्ता समस्याको निराकरण गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको बताएका थिए । उनले विभागको परिचत्यामक प्रस्तुति समेत राखेका थिए ।
यस्तै राष्ट्रिय औषधि प्रयोगशाला प्रमुख पान बहादुर क्षेत्रीले पनि आफ्नो कार्यालयबाट भए गरेका कामहरुबारेमा जानकारी गराएका थिए ।
मन्त्रालयको टोलीले के भन्यो ?
यसैबीच अनुगमनमा गएका मन्त्री खापुङले सरकारको नीति स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्ने रहेको भन्दै औषधि क्षेत्रमा पनि सोही नीति लागू हुने बताए ।
उनले स्वदेशी औषधि उद्योगको विकासका लागि राज्यले गर्न सक्ने सहयोग गरिदिन समेत आग्रह गरे । मन्त्री खापुङले औषधिको मूल्य समायोजनको विषय लामो समय देखि सुन्दै आएको भन्दै यस सम्वन्धी समस्या छिटो टुंगोमा पु र्याउन आग्रह गरे । यस्तै उनले दुवै कार्यालयका प्रमुखलाई जनउत्तदायी ढंगले काम गर्न निर्देशन दिएको स्वकीय सचिव मनोज लिम्बुले बताए ।
यस्तै स्वास्थ्य सचिव गुरागाईँले गुनासो नआउने गरी काम गर्न दुबै कार्यालयका प्रमुखहरुलाई निर्देशन दिईन् । उनले पुष्ट्याई हुने जुनसुकै मागलाई सहयोग गर्न मन्त्रालय सधै तत्पर रहेको समेत बताईन् ।
स्वास्थ्य मन्त्री भईसकेपछि खापुङले र स्वास्थ्य सचिव गुरागाईको विभागले विभागमा गरेको पहिलो अनुगमन हो ।
सम्पर्क इमेल : [email protected]