औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको अनुगमन गर्न पुगे स्वास्थ्य मन्त्री खापुङ

काठमाडौँ, ३१ साउन ।  स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले मंगलबार औषधि व्यवस्था विभागको निरीक्षण गरेका छन् । सोही क्रममा उनले विभाग परिसरमै रहेको राष्ट्रिय औषधि प्रयोगशालाको समेत निरीक्षण गरेका छन् ।

निरीक्षण गर्न मन्त्री खापुङसंगै स्वास्थ्य सचिव देवकुमारी गुरागाईँ पनि पुगेकी थिईन् ।

विभागका महानिर्देशक भरत भट्टराईले मन्त्री, सचिव र मन्त्रालयबाट गएको टोलीलाई विभागको काम कारवाही बारे बताउँदै स्थलगत अवलोकन गराएका थिए ।

विभागले सिमित स्रोत साधनका बीच काम गरिरहेको जानकारी गराउँदै समस्याहरु समेत प्रस्तुत गरेका थिए । उनले मूल्य समायोजन, भौतिक पूर्वाधार र जनशक्ति अभाव जस्ता समस्याको निराकरण गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको बताएका थिए । उनले विभागको परिचत्यामक प्रस्तुति समेत राखेका थिए ।

यस्तै राष्ट्रिय औषधि प्रयोगशाला प्रमुख पान बहादुर क्षेत्रीले पनि आफ्नो कार्यालयबाट भए गरेका कामहरुबारेमा जानकारी गराएका थिए ।

मन्त्रालयको टोलीले के भन्यो ?

यसैबीच अनुगमनमा गएका मन्त्री खापुङले सरकारको नीति स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्ने रहेको भन्दै औषधि क्षेत्रमा पनि सोही नीति लागू हुने बताए ।

उनले स्वदेशी औषधि उद्योगको विकासका लागि राज्यले गर्न सक्ने सहयोग गरिदिन समेत आग्रह गरे । मन्त्री खापुङले औषधिको मूल्य समायोजनको विषय लामो समय देखि सुन्दै आएको भन्दै यस सम्वन्धी समस्या छिटो टुंगोमा पु र्‍याउन आग्रह गरे । यस्तै उनले दुवै कार्यालयका प्रमुखलाई जनउत्तदायी ढंगले काम गर्न निर्देशन दिएको स्वकीय सचिव मनोज लिम्बुले बताए ।

यस्तै स्वास्थ्य सचिव गुरागाईँले गुनासो नआउने गरी काम गर्न दुबै कार्यालयका प्रमुखहरुलाई निर्देशन दिईन् । उनले पुष्ट्याई हुने जुनसुकै मागलाई सहयोग गर्न मन्त्रालय सधै तत्पर रहेको समेत बताईन् ।

स्वास्थ्य मन्त्री भईसकेपछि खापुङले र स्वास्थ्य सचिव गुरागाईको विभागले विभागमा गरेको पहिलो अनुगमन हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *