वीर अस्पतालले मनायो १३३ औँ बार्षिकोत्सव
स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले अघि बढाउनु पर्नेमा प्रधानमन्त्री देउवाको जोड
काठमाडौँ, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवाको गुणस्तरलाई थप प्रभावकारी ढंगले अघि बनाउनु पर्ने बताएका छन् । उनले मौलिक हकको रुपमा स्थापित स्वास्थ्यलाई आम जनताको पहुँचमा पुग्ने गरी प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार वीर अस्पतालको १३३ औँ वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले आम जनताको स्वास्थ्य उपचारको केन्द्र बनेको देशकै सबैभन्दा पुरानो अस्पताल वीरले आफ्ना सेवाहरुलाई समय सापेक्ष स्तरोन्नती गर्दै लैजानुपर्ने बताए । उनले भूकम्म र कोभिड -१९ महामारीका बेला अस्पतालले दिएको सेवाको प्रशंशा समेत गरे ।
प्रधानमन्त्री देउवाले दुवाकोट परियोजनाको काम अघि बढ्न नसकेको प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै तत्काल अघि बढाउन समेत निर्देशन दिए । उनले युनिभर्सल हेल्थ कभरेजको लक्ष्य प्राप्तिका लागि सरकारले आवश्यक सबै विधि अपनाउने भन्दै त्यसका स्वास्थ्यको बजेटमा समेत बृद्धि गरिएको बताए । तर प्रधानमन्त्रीले भने जस्तो यसपटक स्वास्थ्य बजेट बृद्धि भएको छैन् ।
कार्यक्रममा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले वीरको सेवा नागरिकको पहुँचमा पुग्ने गरी अघि बढाउन निर्देशन दिए ।
‘देशको केन्द्रीय अस्पताल, ठूलो र पुरानो अस्पताल हो । आर्थिक रुपमा विपन्न नागरिकको पनि आशाको केन्द्र भएको अस्पताल हो । त्यसैले पनि बिरामीको चाप यहाँ थेगिनसक्नु देखिन्छ । तर जुनसुकै उपाय अपनाएर भएपनि आएका बिरामीलाई नफर्काईदिनुस । उपचार हुने व्यवस्था मिलाईदिनुहोस्,’ उनले भने ।
कार्यक्रममा राज्यमन्त्री उमेश श्रेष्ठले वीरले दिएको सेवाको चर्चा गर्दै भविस्यमा थप योगदान गर्ने बाताबण सुनिश्चित गर्न आग्रह गरे ।
कार्यक्रममा स्वास्थ्य सचिवद्धय देवकुमारी गुरागाई र डा रोशन पोखरेलले शुभकामना मन्तव्य दिएका थिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका रजिष्ट्रार प्रा प्रमिला देवानले शैक्षिक कार्यक्रम र वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्राडा भुपेन्द्रकुमार बस्नेतले आर्थिक तथा व्यवस्थापकीय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्पर्क इमेल : [email protected]