थपिए ४३५ जना कोरोना संक्रमित, २५३७ सक्रिय संक्रमित

84
Shares

काठमाडौँ, ५ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ४३५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ५६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ५६९ नमुना परीक्षण गर्दा ४३५ जना संक्रमण पुष्टि भएको हो । जसमा १ हजार ६६७ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३१७ र १ हजार ९०२ सय जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ११८ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५३७ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २ हजार १४३ जना र संस्थागत आइसोलेसनमा १४१ जना रहेका छन् । संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा १९जना उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *