चौबिस घण्टामा थप २४ जनामा कोरोना संक्रमण, ५१ संक्रमणमुक्त

120
Shares

काठमाडौँ, २२ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल मंगलबार जारी गरेको बिबरण अनुसार ३ हजार २७८ पीसीआर नमुना परीक्षण गर्दा २१ जनाको र २ हजार ३०९ एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ गरी २४ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी सक्रिय संक्रमित शून्य रहेको जिल्ला १७ वटा रहेका छन् । आइसीयूमा १५ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८१२ रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *