चौबिस घण्टामा थप २४ जनामा कोरोना संक्रमण, ५१ संक्रमणमुक्त
काठमाडौँ, २२ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल मंगलबार जारी गरेको बिबरण अनुसार ३ हजार २७८ पीसीआर नमुना परीक्षण गर्दा २१ जनाको र २ हजार ३०९ एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ गरी २४ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी सक्रिय संक्रमित शून्य रहेको जिल्ला १७ वटा रहेका छन् । आइसीयूमा १५ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८१२ रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]