चौबिस घण्टामा थप २४१ जनामा कोरोना संक्रमण, २२८ जना संक्रमणमुक्त

108
Shares

काठमाडौँ, १५ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २४१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २२८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ६ हजार ८१४ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २३५ र २ हजार ८३ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ६ जनाको जनाको पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेका छन् । आइसीयूमा ८३ जना भेन्टीलेटरमा २३ जना संक्रमति उपचाररत छन् । आज मृतकको संख्या भने शून्य रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप ५६ हजार ११२ जनाले खोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *