चौबिस घण्टामा थप २४१ जनामा कोरोना संक्रमण, २२८ जना संक्रमणमुक्त

काठमाडौँ, १५ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २४१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २२८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ६ हजार ८१४ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २३५ र २ हजार ८३ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ६ जनाको जनाको पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेका छन् । आइसीयूमा ८३ जना भेन्टीलेटरमा २३ जना संक्रमति उपचाररत छन् । आज मृतकको संख्या भने शून्य रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप ५६ हजार ११२ जनाले खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *