माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

140
Shares

काठमाडौँ, १४ पुस । माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ।

प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालीनदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने मापदण्ड तय गरेको हो।

गत वर्षजस्तै यस वर्ष पनि सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी मेला सञ्चालन गरिने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताए।

समितिले आगामी माघ ३ गतेदेखि सञ्चालन हुने माधवनारायण व्रतका लागि अन्य मापदण्ड पनि तय गरेको छ। व्रत बस्न इच्छुक भक्तजनले अनिवार्यरूपमा छातीको एक्स–रे र निमोनियाको जाँच गराएको रिपोर्ट साथमा लिएर आउनुपर्नेछ।

कोभिड परीक्षणको रिपोर्टसमेत साथमा संलग्न हुनुपर्ने तथा १६ देखि ६० वर्ष उमेर समूहकालाई मात्र व्रतालुका रूपमा स्वीकारिने समितिले जनाएको छ। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *