नेपाललाई थप २० लाख डोज खोप अनुदानमा उपलव्ध गराउने चीनको घोषणा
काठमाडौँ, २ कात्तिक । चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप अनुदानमा दिने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्कासँग मंगलबार भएको टेलिफोन कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले खोप सहयोग घोषणा गरेका हुन् ।
यसअघि चीनबाट अनुदानको १८ लाख खोप नेपाल आईसकेको छ । थप १६ लाख डोज अनुदानको खोप यसै साता आईपुग्ने भएको छ । आजको घोषणापछि नेपालले चीनबाट मात्रै ५४ लाख डोज खोप अनुदानमा प्राप्त गर्नेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार दुईमन्त्रीबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]