चौबिस घण्टामा थप १५५८ जनामा कोरोना संक्रमण, १३५१ डिस्चार्ज

140
Shares

काठमाडौँ, १ असोज। पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ५५८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ३५१ जना निको भई डिस्चार्ज भएका छन् । आज थप १० जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ८ हजार ६६५ जनाको पीसीआर बिधीबाट र ३ हजार ७२० जनाको एन्टीजेन बिधिबाट गरी कुल १२ हजार ३८५ जनाको नमुना परीक्षण भएको छ । जसमा पीसीआर बाट १ हजार ८६ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४७२ जना गरी आज कुल १ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २७४ भक्तपुरमा ५३ र ललितपुरमा ७० जना गरी काठमाडौँ उपत्यकामा ३९७  जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३९७ र भेन्टीलेटरमा ११७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *