राष्ट्रिय ट्रमा सेन्टर र सूचना केन्द्रको निर्देशक फेरिए, नयाँ जिम्मेवारीमा जोशी र शर्मा

1.1k
Shares

काठमाडौँ, २९ भदौ । राष्ट्रिय ट्रमा सेन्टरको निमित्त निर्देशकको जिम्मेवारी डा प्रमोद जोशीले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै हाडजोर्नी विशेषज्ञ डा जोशीलाई ट्रमाको निर्देशक बनाएको हो । उनी दशौँ तहका चिकित्सक हुन् ।

जोशीलाई निर्देशक बनाउदा त्यहाँका  निमित्त मेडिकल सुपरीटेन्डेन डा सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा सरुवा गरिएको छ । तर डाक्टर पौडेललाई पुन काजमा ट्रमा मै तानिएको छ ।

यसैगरी राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकको जिम्मेवारी सुनिल शर्मालाई दिइएको छ । शर्मा एघारौं तहका स्वास्थ्य शिक्षा प्रशासक हुन् । उनी यसअघि स्वास्थ्य सेवा विभागमा थिए । त्यहाँ निर्देशक रहेकी डा राधिका थपलियालाई विभागमा पठाइएको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले पुष्टि गरे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *