कान्तिपुर डेन्टल अस्पताल पोखरामा ओपीजी सेवा सञ्चालनमा

काठमाडौँ, १३ साउन । कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस तथा कान्तिपुर डेन्टल अस्पताल पोखराले मुख तथा दन्त उपचारमा प्रयोग हुने अत्याधुनिक एक्सरे मेसिन ‘अर्थोप्यान्टोमो ग्राम तथा सेफालोग्राम (ओपीजी)’ सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई थप सेवा सुविधा प्रदान गर्नको लागि नयाँ प्रविधि भित्राइएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले यो प्रविधि दाँत र मुखसँग सम्बन्धित समस्याहरु समाधान गर्न सहयोगी हुने बताए । उनले यो प्रविधिबाट नमिलेको दाँत मिलाउने (अर्थो डोन्टिक) दाँतको जरैदेखीको उपचार (आरसीटी) गिजा सम्बन्धि सम्पुर्ण रोगहरु र अन्य समस्याहरुको पहिचान गरी सजिलै उपचार गर्न सकिने जानकारी दिए ।

कोभिड १९ को विषम परिस्थितिमा पनि कान्तिपुर दन्त अस्पतालले दाँत तथा मुख स्वास्थ्य सम्बन्धी सम्पुर्ण सेवामा निरन्तरता दिदै आइरहेको छ ।
स्वास्थ्य सम्बन्धि प्राबिधिक बिषय पढेर बिद्यार्थीहरुले भविष्यमा आफुलाई देशको एउटा दक्ष जनशक्तिको रुपमा खडा गर्दै आत्मनिर्भर बन्न सक्ने दन्त अस्पतालका प्रशासकीय प्रमुख सीता श्रेष्ठले बताईन् ।

आफ्ना सेवाग्राही बाहेक अन्य अस्पतालबाट रिफर भएका सेवाग्राहीहरुलाई पनि अस्पतालले उच्चस्तरको सेवा प्रदान गरिरहेको छ । कोरोना संक्रमितको दर फेरी बढ्दै गइरहेको अवस्थामा अस्पतालले स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्ड पुरा गरेर सेवा प्रदान गरिरहेको छ ।

पछिल्लो समय हाम्रो मूलुकमा व्यावहारिक शिक्षाको आवश्यकता र महत्वको विषयमा बहस तिब्र हुदै गइरहेको अवस्थामा प्राविधिक तथा व्यावहारिक शिक्षाले ब्यक्ति तथा समाजको स्तरोन्नती गर्न सफल भएको पाइन्छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट मान्यता प्राप्त कान्तिपुर इन्ष्टिच्युट अफ हेल्थ साइन्सेस तथा कान्तिपुर डेन्टल हस्पिटल विगत २१ बर्षदेखी गण्डकी प्रदेशको एकमात्र दन्त अस्पतालको रुपमा पोखराको न्युरोडमा संञ्चालन हुदै आइरहेको छ ।

यस अस्पतालले दाँत तथा मुख स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको छ । उक्त्त अस्पतालले २०६२ सालबाट डेन्टल हाइजिन जस्तो मुख तथा दन्त स्वास्थ्य सम्बन्धी प्राविधिक शिक्षा पनि प्रदान गर्दै आइरहेको छ भने विगत २ वर्षदेखी डिप्लोमा इन फार्मेसी, मेडिकल ल्याव टेक्नोलोजी तथा डाइग्नोष्टिक रेडियोग्राफी जस्तो प्राविधिक शिक्षा पनि दिदै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *