चितवनमा निषेधाज्ञा असार २४ गतेसम्मका लागि थप


चितवन, १७ असार । कोभिड सङ्क्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्लामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ः०० बजे सकिँदै थियो ।

सोही क्रममा चितवन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेश जारी गर्दै निषेधाज्ञाको अवधि एक साताका लागि थप गरी यही असार २४ गतेसम्म पु¥याएका हुन् ।

हाल जारी रहेकै नमूनामा नै निषेधाज्ञा हुने आदेशमा जनाइएको छ । यसअघि यही असार १० देखि १७ गते राति १२ः०० बजेसम्मका लागि घोषणा गरिएको नमूनामा निषेधाज्ञा जारी राखिने आदेशमा उल्लेख छ ।

आदेशमा शुक्रबारदेखि सबै सरकारी कार्यालयमा सेवाप्रवाह हुने भनिएको छ । निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले यस्तो निर्णय गरेको हो । जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्ने सुनिश्चितता गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको लामिछानेद्वारा जारी आदेशमा जनाइएको छ ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *