जिका भाइरसले बच्चालाई दृष्टिविहीन बनाउन सक्छ : अध्ययन

0
Shares

jikaएजेन्सी – जिका भाइरसको संक्रमणले बच्चाको आँखामा पनि समस्या पैदा गर्न सक्ने सम्भावना देखिएको छ । जिका भाइरसबारे अध्ययन गरिरहेका बैज्ञानिकहरुले जिका भाइरसको संक्रमणबाट बच्चाहरुको दृष्टि नै गुम्न सक्ने खतरा औल्याउदै सतर्क रहन सुझाव दिएका छन् ।

स्ट्यानफोर्ट यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुले जिका भाइरसबाट संक्रमित आमाहरुका तीन बच्चामा आँखामा रक्त भएको पाएका छन् । उनीहरुले जिका भाइरसबाट संक्रमित सम्पूर्ण बच्चाहरुको आँखाको जाँच गरिनुपर्ने सुझाव दिएका छन् ।

द जर्नल अप्थामोलोजिमा प्रकाशित अर्को एक अध्ययनले जिका भाइरसबाट संक्रमित बच्चामा आँखाको समस्या हुन सक्ने औल्याएको थियो । त्यस्तै यसको संक्रमणले बच्चाहरुमा मस्तिष्क सम्बन्धी समस्या माइक्रोसेफाली हुने पुष्टि भइसकेको छ ।

अनुसन्धानकर्ताहरुले बच्चाहरुको आँखामा देखिएको यो समस्या माइक्रोसेफालीको कारणले हो या जिका भाइरसकै कारणले हो भन्ने कुरा भने पुष्टि भइसकेको छैन ।अध्ययनकर्ताहरुले ती बच्चाहरुको आँखाको दृष्टि दिने सम्वेदनशील भाग रेटिनामा समेत खराबी पाएका थिए । रेटिनामा अप्राकृतिक रक्तनलीको बृद्धि र रक्तश्राव देखिएको थियो ।

अध्ययनकर्ता डा. ड्यारियस मोस्फेधी भन्छन्, ‘हाम्रो अबको अध्ययन आँखामा देखिएको समस्या माइक्रोसेफालीले हो या जिका भाइरसले हो भन्ने कुरा पत्तालगाउनु हुनेछ ।’  उनले यस्तो समस्या कतिपयमा सहज रुपमा उपचार हुने भएपनि कतिपयको दृष्टि नै गुम्ने खतरा रहेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *