‘इक्वेल एक्सीस’ले पाएको डब्लुएचओको ‘वर्ल्ड नो टोवाको डे’ अवार्ड विवादमा

588
Shares

काठमाडौँ, ३० जेठ । विश्व धूमपानरहित दिवसको अवसरमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले दिएको अवार्ड नेपालमा भने विवादमा परेको छ ।

डब्लुएचओले यसबर्ष सुर्तिजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ठ काम गरेको भन्दै नेपालबाट डिजिटल बोर्डकास्ट इनिसेटिभ ईक्वेल एक्सीस भन्ने संस्थालाई  यसबर्षको ‘वर्ल्ड नो टोवाको डे ‘ अवार्ड दिएको थियो ।

डव्लुएचओको यो निर्णयपछि नेपालमा सुर्ति नियन्त्रण सम्वन्धी अभियानमा क्रियाशिल संघ संस्थाहरु आश्चर्यमा परेका थिए । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले अनविग्यता प्रकट गरेका थिए ।

तर, केही समय पछि थाहा भयो अवार्डका लागि त मन्त्रालय अन्तरगर्तकै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सिफारिस गरेको रहेछ । सो कुरा थाहा पाएको मन्त्रालयले गत शुक्रबार नै ईक्वेल एक्सीसलाई के आधारमा सिफारिस गरियो तीन दिन भित्र चित्तबुझ्दो जवाफ लेखि पठाउनु भन्दै स्पष्टीकरण सोधेको छ ।

‘तीन दिनको म्याद तोकेर हामीलाई गत शुक्रबार नै पत्र आएको छ । आज बेलुकासम्म जवाफ जवाफ दिनुपर्ने छ । मैले सम्वन्धित शाखाका अधिकारीहरुसंग जानकारी लिदैछु,’ सूचना केन्द्रकी निर्देशक डा राधिका थपलियाले भनिन् ।

अवार्डका लागि सुटुक्क सिफारिस
मन्त्रालय स्रोतका अनुसार उक्त अवार्डका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुन्जप्रसाद जोशीको हस्ताक्षर भएको सिफारिस पत्र डव्लुएचओमा पुगेको थियो ।

सुर्तिजन्य नियन्त्रण सम्वन्धि अभियानमा नामै नसुनिएको संस्थालाई अवार्ड दिएपछि अभियन्ताहरुले मन्त्रालयका अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए ।

आफू अनविज्ञ रहेको बताउने मन्त्रालयले डव्लुएचओको नेपाल कार्यालयसंग त्यसबारेमा जानकारी मागेको थियो । सो क्रममा डव्लुएचओले स्वास्थ्य शिक्षा प्रशासक जोशीले उक्त संस्थालाई अवार्डका लागि सिफारिस गरेको जवाफ दिएको थियो । सो जवाफ पछि मन्त्रालयले सूचना केन्द्रलाई स्पष्टीकरण सोधेको हो ।

‘सुर्ति नियन्त्रण सम्वन्धी अभियानमा थुप्रै संघसंस्थाहरु छन् । त्यस्तो अवार्डका लागि सिफारिस गर्दा मन्त्रालयसंग पनि समन्वय गर्नुपर्ने थियो । त्यो भएको देखिएन, सुटुक्क सिफारिस गरेको पाइयो । यसले डव्लुएचओ जस्तो संस्थाले दिएको अवार्डमा समेत विवाद देखियो,’ मन्त्रालयका एक अधिकारीले अगाडी भने, ‘यो अभियानमा नामै नसुनिएको संस्थालाई सुटुक्क सिफारिस गर्दा डव्लुएचओ समेत विवादमा पर्‍यो ।’

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *