उपत्यकामा शुक्रबार थपिए २३२४ जना कोरोना संक्रमित

204
Shares


काठमाडौँ, १४ जेठ । शुक्रबार काठमाडौँ उपत्यकामा थप २ हजार ३२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ७९६, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ जना गरी थप २ हजार ३ सय २४ जना थपिएका हुन्।

त्यसैगरी आज देशभर थप ६ हजार ९५१ जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संंख्या अहिलेसम्मकै सबैभन्दा बढी ९ हजार ८४१ रहेको छ ।

त्यसैगरी आज थप ९६ जना संक्रमितले ज्यान गुमाएका छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ६ सय २७ जना र भेन्टीलेटरमा ४५०जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *