उपत्यकामा बिहीबार थपिए २३६७ जना कोरोना संक्रमित

288
Shares


काठमाडौँ, १३ जेठ । बिहीबार काठमाडौँ उपत्यकामा थप २ हजार ३६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ७३८, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ जना गरी थप २ हजार ३ सय ६७ जना थपिएका हुन्।

त्यसैगरी आज देशभर थप ६ हजार ९३९ जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संंख्या भने ७ हजार २२६ रहेको छ । त्यसैगरी आज थप १०६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *