शुक्रबार देशभर थप ८६०७ जनामा कोरोना संक्रमण, १७७ जनाको ज्यान गयो

152
Shares

काठमाडौँ, ७ जेठ । शुक्रबार देशभर थप ८ हजार ६०७ जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा १७७ जनाको संक्रमणबाट ज्यान गएको छ । कोरोना संक्रमणबाट मुक्त हुनेको संंख्या भने ७ हजार ८९० रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा २२ हजार ३५३ जनाको पीसीआर र ८७३ जनाको एन्टीजेन विधिबाट गरी कुल २३ हजार २२६ जनाको कोभिड १९ परीक्षण भएको थियो । एकैदिनमा यति धेरै परीक्षण भएको पहिलो पटक हो । सो परीक्षणबाट कुल ८ हजार ४०७ जना पीसीआर र २०० जना एन्टीजेनबाट गरी कुल ८ हजार ६०७ जना (३७.०५ प्रतिशत) मा पोजेटिभ आएको हो ।

यो संगै देशभर कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । यसमध्ये ३ लाख ७४ हजार ८३६ जना निको भएका छन् । ६ हजार २४ जनाको ज्यान गएको छ । अरु १ लाख १६ हजार १९२ जना भने अअहिले पनि उपचाररत छन् ।

शुक्रबार काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २ हजार ४४७ जनाले बृद्धि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७५२ जना, ललिपतुरमा ४०० जना र भक्तपुरमा २९५ जना गरी कुल २ हजार ४४७ जना थपिएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *