काठमाडौँ उपत्यकामा थपिए २४८४ जना कोरोना संक्रमित

76
Shares

काठमाडौँ, ५ जेठ। बुधबार काठमाडौँ उपत्यकामा थप २ हजार ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ९८८, भक्तपुरमा २२८ र ललितपुरमा २७० जना गरी थप २ हजार ४ सय ८४ जना थपिएका हुन्।

त्यसैगरी आज देशभर थप ८ हजार १७३ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ७ हजार ९८९ जना संक्रमणमुक्त भएका छन् । एकै दिन संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै हो । त्यसैगरी आज थप २४६ जना संक्रमितको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *