काठमाडौँ उपत्यकामा थपिए ३३४९ जना कोरोना संक्रमित

काठमाडौँ, ३१ बैशाख । काठमाडौँ उपत्यकामा थप ३ हजार ३ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जना गरी थप ३ हजार ३ सय ४९ जना थपिएका हुन् । हिजोको तुलनामा उपत्यकामा आज २१३ ले संक्रमण कम देखिएको छ ।
त्यसैगरी आज देशभर थप ८ हजार ५२० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ६ हजार १३५ जना निको भई घर फिर्किएका छन् ।आज थप २०३ जना संक्रमितको मृत्यु भएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




