पछिल्लो २४ घण्टामा देशभर थपिए ११९ जना कोरोना संक्रमित, २६० जना डिस्चार्ज


काठमाडौँ, २५ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय १९ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप २ सय ६० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा ५५ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा २ हजार २ सय ५१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय १९ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ९३ हजार ४१७ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय२५ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८ सय १५ रहेको छ । क्वारेनटिनमा ९२ जना रहेका छन् । आइसीयूमा ५६ र भेन्टीलेटरमा ११ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *