देशभर थपिए ९९ जना कोरोना संक्रमित, २४८ जना डिस्चार्ज


काठमाडौँ, २४ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप ९९ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप २ सय ४८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा ६६ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ७ सय ९४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९९ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ९१ हजार १६६ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ सय पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ५९ रहेको छ । क्वारेनटिनमा ९५ जना रहेका छन् । आइसीयूमा ६१ र भेन्टीलेटरमा १४ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *