सभामुख घर्तीको पत्थरीको सफल शल्यक्रिया
काठमाडौं, ३ जेठ – व्यवस्थापिका संसद्का सभामुख ओनसरी घर्ती मगरको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालका डा. डिभी कार्कीले सभामुख घर्तीको पित्तथैलीमा रहेको पत्थरीको सफल शल्यक्रिया गरेका हुन् । पत्थरीको आकार बढ्दै गएपछि केही दिन यता सभामुख अस्वस्थ भएकी थिइन् ।
सोमबार बिहान अस्पताल भर्ना भएकी सभामुख घर्तीलाई चिकित्सकहरुले केही दिन अस्पतालमै आराम गर्न सुझाव दिएको उनका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




