खोप अभियानको दोस्रो दिन : २८७३२ ले लगाए कोरोना विरुद्धको खोप
काठमाडौँ, १५ माघ । खोप अभियानको देस्रो दिन सम्म देशभर २८ हजार भन्दा बढीले कोरोना (कोभिड-१९) विरुद्धको खोप लगाएका छन्। ७७ जिल्लामा कुल २८ हजार ७ सय ३२ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो पहिलो दिन ९ हजार ८४ व्यक्तिले खोप लगाएका थिए।
जसमा प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २हजार १ सय ७४, बागमती प्रदेश मा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप लगाएका छन्।
खोप लगाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति जारी गरी जानकारी गराएका छन्।
सम्पर्क इमेल : [email protected]