खोप अभियानको दोस्रो दिन : २८७३२ ले लगाए कोरोना विरुद्धको खोप

288
Shares


काठमाडौँ, १५ माघ । खोप अभियानको देस्रो दिन सम्म देशभर २८ हजार भन्दा बढीले कोरोना (कोभिड-१९) विरुद्धको खोप लगाएका छन्। ७७ जिल्लामा कुल २८ हजार ७ सय ३२ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  हिजो पहिलो दिन ९ हजार ८४ व्यक्तिले खोप लगाएका थिए।

जसमा प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २हजार १ सय ७४, बागमती प्रदेश मा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप लगाएका छन्।

खोप लगाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति जारी गरी जानकारी गराएका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *